आईतवार, पुष ७,२०८१ 04:17:41
IME remit
  • आईतवार, पुष ७,२०८१ 04:17:41
IME remit
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.५.६५ अर्ब नाफा, ईपीएस कुनको कति ?

Hyundai Nepal
निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.५.६५ अर्ब नाफा, ईपीएस कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएका हुन् ।  

यो नाफा गत आवको तुलनामा ५५.०६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म जिर्नीवन बीमा कम्पनीहरुले ३ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।  

सो अवधिसम्म सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले ६४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक प्रफिट अर्न गर्ने कम्पनी बनेको छ ।  

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि ६० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेर दोस्रो बढी नाफा कमाउने कम्पनी बनेको छ । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ५९ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।  

निर्जीवन बीमकहरुमा सबैभन्दा थोरै नाफा कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत मसान्तसम्म जम्मा १३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

वृद्धिदरमा को अघि ?

गत वर्षको तुलनामा नेको इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीबाहेक सबै कम्पनीले यस अवधिसम्म नाफा बढाउन सफल भएका छन् ।  

सर्वाधिक नाफा बढाउने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवको तुलनामा यस अवधिसम्म २३७.१७ प्रतिशतले नाफा बढाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १८१.०३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १६२.८६ प्रतिशत, सिद्धार्थ प्रिमियरले १०९.८६ प्रतिशत, नेपाल इन्स्योरेन्सले १०१.१२ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५.३२ प्रतिशतले नाफा बढाएको छ ।  

गत आवको तुलनामा यस अवधिसम्म नेको इन्स्योरेन्सको मुनाफा १.६८ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको २४.७७ प्रतिशतले घटेको छ ।  

ईपीएस कुनको कति ?  

गत आवको तुलनामा यस अवधिसम्म सबैभन्दा ईपीएस बढाउन प्रभु इन्स्योरेन्स अघि देखिएको छ । कम्पनीले गत आवको तुलनामा २६.६८ रुपैयाँले ईपीएस बढाएर ३७.९३ रुपैयाँ पुर्याएको छ ।  

तर तेस्रो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस राष्ट्रिय बीमा कम्पनीको रहेको छ । कम्पनीको ईपीएस १९३.६५ रुपैयाँ छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सको ४९.८२ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ३७.९३ रुपैयाँ, हिमालयन एभरेष्टको ३२.३५ रुपैयाँ र सिद्धार्थ प्रिमियरको २८.३७ रुपैयाँ रहेको छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सले २२.५७ रुपैयाँ, हिमालयन एरभेष्टले १६.६१ रुपैयाँ, सिद्धार्थ प्रिमियरले ८.७९ रुपैयाँ, आइजीआई प्रुडेन्सियलले ८.२८ रुपैयाँ, युनाइटेड अजोडले ६.०६ रुपैयाँ, शिखरले ४.०७ रुपैयाँ, सानिमा जिआइसीले २.४० रुपैयाँ, सगरमाथा लुम्बिनीले २.३९ रुपैयाँ र एनएलजीले ०.३५ रुपैयाँले बढाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.