आईतवार, कार्तिक १,२०८३ 03:26:18
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:26:18
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्टद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

Bizshala
शिवम् सिमेन्टद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
New Office

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा रहेका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग र विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीका अनुसार विद्यार्थीको अध्ययन र दैनिक जीवनलाई सहज बनाउन सामग्री हस्तान्तरण गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले यसअघि रोल्पाका सन्देश बुढा मगरको माध्यमिक तहसम्मको अध्ययनमा सहयोग गर्ने व्यवस्था मिलाएको थियो। जन्मजात दुवै हात नचल्ने भए पनि खुट्टाको सहाराले लेखेर पढाइलाई निरन्तरता दिइरहेका सन्देशको संघर्ष सार्वजनिक भएपछि कम्पनीले सहयोग सुरु गरेको जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यसका लागि कम्पनीले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र र खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको थियो। केन्द्रले सन्देशको आवास र हेरचाहको जिम्मेवारी लिएको छ भने विद्यालयले अध्ययनको अवसर उपलब्ध गराएको छ। उनको अध्ययन र आवश्यक व्यवस्थापन खर्चमा कम्पनीले नियमित सहयोग गर्दै आएको जनाएको छ।

सामग्री वितरण कार्यक्रममा कम्पनीका प्रतिनिधिले विशेष आवश्यकता भएका बालबालिकाले पनि समान अवसरसहित गुणस्तरीय शिक्षा पाउनुपर्ने बताए। केन्द्रका पदाधिकारीले सहयोगले विद्यार्थीको मनोबल बढाउनुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.