सोमबार, आश्विन १२,२०८३ 03:53:41
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 03:53:41
Bizshala
Global IME Bank Limited

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा बागमती प्रदेश सरकारको जोड : मुख्यमन्त्री मगर

Bizshala
घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा बागमती प्रदेश सरकारको जोड : मुख्यमन्त्री मगर
New Office

बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवर्द्धन, औद्योगिक सुरक्षा र नयाँ उद्यमी उत्पादनका लागि आवश्यक नीतिगत सुधार गरिने बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री मगरले मुलुकमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन र युवा पलायन रोक्न यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए।

स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि हेटौँडामा ‘कोसेली घर’ निर्माण भइसकेको जानकारी दिँदै उनले जग्गा उपलब्ध भएका अन्य जिल्लामा समेत यसको विस्तार गरिने बताए। महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

उद्योग स्थापना भइसकेपछि आसपासमा बस्ती विकास हुँदा स्थानीय विरोधका कारण उद्योग स्थानान्तरण गर्नुपर्ने समस्या देखिने गरेको उल्लेख गर्दै मुख्यमन्त्री मगरले यस्तो समस्या समाधानका लागि प्रदेश सरकारले छुट्टै कानुनी व्यवस्था गरेको बताए।

प्रारम्भिक वातावरणीय परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गरी स्थापना भएका उद्योगलाई अनावश्यक रूपमा स्थानान्तरण गर्न नपर्ने गरी सुरक्षा प्रदान गर्ने प्रदेश सरकारको नीति रहेको उनको भनाइ थियो।

उद्योग सञ्चालनका लागि ब्याजदरमा स्थिरता आवश्यक रहेको बताउँदै उनले विगतमा बैंकको ब्याजदर १४–१५ प्रतिशतसम्म पुगे पनि हाल ६–७ प्रतिशतको हाराहारीमा आएको उल्लेख गरे। उद्योगीलाई दीर्घकालीन योजना बनाउन सहज हुने गरी निश्चित तथा स्थिर ब्याजदर कायम गर्नुपर्नेमा उनले जोड दिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

व्यवसायीलाई अप्ठ्यारो पार्ने ऐन, नियमावली तथा कार्यविधि संशोधन गर्न प्रदेश सरकार तयार रहेको पनि मुख्यमन्त्री मगरले बताए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन, प्रविधि हस्तान्तरण, महिला तथा युवा उद्यमशीलता र उद्योगमैत्री सेवा प्रणालीलाई प्राथमिकता दिन सरकारसँग माग गरिन्।

उनले सार्वजनिक निकायले खरिद गर्ने वस्तु तथा सेवामध्ये कम्तीमा ३० प्रतिशत स्वदेशी सूक्ष्म, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई)का उत्पादन अनिवार्य गर्ने व्यवस्था गर्न सुझाव दिइन्।

साना तथा महिला उद्यमीका उत्पादनको बजारीकरणका लागि राष्ट्रिय निर्यात गृह तथा बागमती प्रदेश र स्थानीय तहमा ‘कोसेली गृह’ स्थापना गर्नुपर्ने गुरुङको भनाइ थियो। उनले औद्योगिक ग्राम निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गर्न तथा महासंघको सहभागितामा राष्ट्रियस्तरको बिक्रीकक्ष स्थापना गर्न पनि माग गरिन्।

महासंघको केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रिता अवालले स्थानीय उत्पादन, रोजगारी सिर्जना, महिला तथा युवा उद्यमशीलता र प्रदेशको अर्थतन्त्रमा घरेलु तथा साना उद्योगले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन्।

तर पूँजीको अभाव, उच्च ब्याजदर, प्रविधिको कमी, बजारको समस्या, कच्चा पदार्थको उपलब्धता तथा आयातित वस्तुसँगको प्रतिस्पर्धाका कारण साना उद्यमी कठिन अवस्थामा रहेको उनको भनाइ थियो।

उनले बागमती प्रदेश सरकारले घरेलु तथा साना उद्योग विकास कोष स्थापना गरी सहुलियतपूर्ण कर्जा र रुग्ण उद्योग पुनरुत्थानको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। महिला उद्यमीका लागि विशेष बजेट तथा कार्यक्रम, सरकारी खरिदमा स्थानीय उत्पादनलाई प्राथमिकता र ‘एक पालिका–एक विशेष उत्पादन’ कार्यक्रमलाई ब्रान्डिङ, बजार तथा निर्यातसँग जोड्नुपर्ने उनको सुझाव थियो।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी र महासचिव विनोददेव पन्तलगायतले पनि धारणा राखेका थिए। कार्यक्रममा महासंघका उपाध्यक्ष हरिहर थापा, मोहन कटुवाल, कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायतको उपस्थिति थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.