मंगलवार, असार १६,२०८३ 12:25:49
Bizshala
  • मंगलवार, असार १६,२०८३ 12:25:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओपन एआईले लञ्च गर्यो ‘जीपीटी–फोरओ’, मानिसले जस्तै कुरा गर्न सक्ने

Laxmi Sunrise Bank Limited
ओपन एआईले लञ्च गर्यो ‘जीपीटी–फोरओ’, मानिसले जस्तै कुरा गर्न सक्ने

काठमाण्डौ । च्याट जीपीटीको सफलतापछि ओपन एआईले एउटा नयाँ एआई मोडल,जीपीटी–फोरओ लञ्च गरेको छ । ‘ओ’को अर्थ ओम्नी हो । कम्पनीले जीपीटी–फोरओलाई मानिस र कम्प्युटरबीचको अन्तरक्रियाका लागि ठूलो कदम भएको जनाएको छ ।  

यो नयाँ मोडलले रियल टाइम टेक्स्ट, अडियो र भिडियोमा काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा यो यस्तो टुल हो जसले, वास्तवमै मानिस जस्तै वार्तालाप गर्न सक्छ ।  

वर्तमानको च्याट जीपीटी(फ्री भर्जन) टेक्स्टमा मात्रै काम गर्छ । तर अब भने यसले  टेक्स्टका साथै जीपीटी अडियो,इमेज र भिजिुअललाई पनि बुझ्नेछ । तपाईको वरपर के भईरहेको छ भन्ने बारे पनि अब च्याट जीपीटीले हेरेर भन्न सक्नेछ ।  

कम्पनीका अनुसार जीटीटी फोरओ जीपीटी फोरकै एउटा आइटरेशन हो । जसले एकदमै तीव्र र टेक्स्ट,भिजन र अडियोमा काम गर्ने गर्छ । यो सबै जीपीटी प्रयोगकर्ताका लागि निःशुल्क हुने कम्पनीले जनाएको छ । पैसा तिर्ने प्रयोगकर्ताका लागि भने थप सुविधाहरु दिइने कम्पनीले जनाएको छ । यो मोडलले मानिसहरुले जस्ते कुरा पनि गर्न सक्छ ।  -एजेन्सी

New Office
CG Motors
Garima Development Bank
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.