आईतवार, असार २९,२०८२ 12:34:07
  • आईतवार, असार २९,२०८२ 12:34:07
Global IME Bank Limited

ओपन एआईले लञ्च गर्यो ‘जीपीटी–फोरओ’, मानिसले जस्तै कुरा गर्न सक्ने

Hyundai Nepal
ओपन एआईले लञ्च गर्यो ‘जीपीटी–फोरओ’, मानिसले जस्तै कुरा गर्न सक्ने
Shivam Cement

काठमाण्डौ । च्याट जीपीटीको सफलतापछि ओपन एआईले एउटा नयाँ एआई मोडल,जीपीटी–फोरओ लञ्च गरेको छ । ‘ओ’को अर्थ ओम्नी हो । कम्पनीले जीपीटी–फोरओलाई मानिस र कम्प्युटरबीचको अन्तरक्रियाका लागि ठूलो कदम भएको जनाएको छ ।  

यो नयाँ मोडलले रियल टाइम टेक्स्ट, अडियो र भिडियोमा काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा यो यस्तो टुल हो जसले, वास्तवमै मानिस जस्तै वार्तालाप गर्न सक्छ ।  

वर्तमानको च्याट जीपीटी(फ्री भर्जन) टेक्स्टमा मात्रै काम गर्छ । तर अब भने यसले  टेक्स्टका साथै जीपीटी अडियो,इमेज र भिजिुअललाई पनि बुझ्नेछ । तपाईको वरपर के भईरहेको छ भन्ने बारे पनि अब च्याट जीपीटीले हेरेर भन्न सक्नेछ ।  

कम्पनीका अनुसार जीटीटी फोरओ जीपीटी फोरकै एउटा आइटरेशन हो । जसले एकदमै तीव्र र टेक्स्ट,भिजन र अडियोमा काम गर्ने गर्छ । यो सबै जीपीटी प्रयोगकर्ताका लागि निःशुल्क हुने कम्पनीले जनाएको छ । पैसा तिर्ने प्रयोगकर्ताका लागि भने थप सुविधाहरु दिइने कम्पनीले जनाएको छ । यो मोडलले मानिसहरुले जस्ते कुरा पनि गर्न सक्छ ।  -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.