काठमाण्डौ । सोमबार सेयरबजारमा ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमध्ये ५ वटाबाट खरिद बढी भएको छ भने ५ वटाबाट बिक्री बढी देखिएको छ।
उच्च खरिद गर्ने ब्रोकरमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, नबिल स्टक डिलर र दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज रहेका छन्।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरमा भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज, सनी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन्।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर नासा सेक्युरिटिज रहेको छ। यो ब्रोकरबाट ८४ करोड ६४ लाख ४८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। जसमध्ये ५५.१० प्रतिशत खरिद र ४४.९० प्रतिशत बिक्री रहेको छ।
नासाबाट ४६ करोड ६३ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर खरिद हुँदा ३८ करोड ५ लाख ६ हजार रुपैयाँभन्दा बढीको बिक्री भएको छ। यसको खरिद–बिक्री अनुपात १.२३ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।