सोमबार, कार्तिक ९,२०८३ 07:53:16
  • सोमबार, कार्तिक ९,२०८३ 07:53:16
Global IME Bank Limited

पुँजीबजारलाई व्यवस्थित बनाउन सुशासनमा आधारित नियमन रणनीति अपनाउँदै छौँ : अध्यक्ष भट्ट

Bizshala
पुँजीबजारलाई व्यवस्थित बनाउन सुशासनमा आधारित नियमन रणनीति अपनाउँदै छौँ : अध्यक्ष भट्ट
New Office

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र सुरक्षित बनाउन जोखिम तथा सुशासनमा आधारित नयाँ नियमन रणनीति अपनाइएको बताएका छन्।

प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले बजार आधुनिकीकरणका लागि संस्थागत संरचना र प्रणालीगत सुधार अघि बढाइएको जानकारी दिए। उनले दोस्रो बजारमा सेयर तथा डेरिभेटिभ कारोबारको सुनिश्चितताका लागि सेन्ट्रल काउन्टर पार्टी (सीसीपी) आवश्यक भइसकेको बताए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनका अनुसार सीसीपीका लागि नेप्सेले छुट्टै संस्था स्थापना गर्न वा सिडिएससीको क्षमता विस्तार गरी जिम्मेवारी दिन सकिने विषयमा अध्ययन भइरहेको छ।

अध्यक्ष भट्टले उच्च जोखिम भएका क्षेत्रमा कडा नियमन र सुपरीवेक्षण गर्ने नीति लिइएको बताउँदै बलियो सुशासन भएका कम्पनीलाई मात्र पुँजीबजारमा प्रवेश गराउने धारणा राखे। साथै, निक्षेपकर्ताको जोखिम शेयर लगानीकर्तामा सर्न नदिन नेपाल राष्ट्र बैंकसँग समन्वय भइरहेको उनले बताए।

Garima Development Bank
Bizshala
IME remit

लगानीकर्ता संरक्षणका लागि क्षतिपूर्तिभन्दा कम्पनीको वित्तीय अवस्था, भावी योजना र जोखिमसम्बन्धी सूचना पूर्ण, निरन्तर र तत्काल उपलब्ध गराउने प्रणालीमा जोड दिइने उनले बताए। पूर्वसूचनाका आधारमा हुने अनुचित लाभ रोक्ने तथा सुधारलाई क्रमिक रूपमा अघि बढाउने नीति रहेको उनको भनाइ छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.