सोमबार, कार्तिक १६,२०८३ 04:26:13
  • सोमबार, कार्तिक १६,२०८३ 04:26:13
Global IME Bank Limited

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

Bizshala
जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार
New Office

काठमाण्डौ ।  जटिल प्रसूति समस्या देखिएपछि धादिङकी २४ वर्षीया ममता तामाङको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी तामाङको प्रसूतिको क्रममा ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ। उनको आवश्यक उपचार भइरहेको जनाइएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा जटिल प्रसूति अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याई जीवनरक्षा गर्ने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Garima Development Bank
Bizshala
IME remit

कार्यक्रममार्फत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा हवाई माध्यमबाट सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याउने गरिएको छ। मन्त्रालयले सुरक्षित मातृत्व, समयमै उद्धार र जीवनरक्षालाई कार्यक्रमको प्राथमिकतामा राखेको जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.