काठमाण्डौ । पाकिस्तानले अफगानिस्तानका दुई प्रान्तमा गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित ९ जना सर्वसाधारणको मृत्यु भएको अफगान तालिबान सरकारले दाबी गरेको छ।
दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा भएको आक्रमणमा थप ११ जना घाइते भएका छन्। अफगान पक्षका अनुसार तीनवटा घरसमेत ध्वस्त भएका छन्।
पाकिस्तानले भने हवाई कारबाही सर्वसाधारणमाथि नभई आतंकवादी लुकेका स्थान तथा शिविरलाई लक्षित गरी गरिएको दाबी गरेको छ। पाकिस्तानी पक्षले प्रारम्भिक विवरणमा २२ जना आतंकवादी मारिएको र ठूलो मात्रामा हतियार तथा गोलाबारुद नष्ट गरिएको जनाएको छ।
दुवै पक्षले सार्वजनिक गरेका हताहतसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि तेहरीक–ए–तालिबान पाकिस्तानलगायत समूहलाई अफगान भूमिबाट गतिविधि सञ्चालन गर्न दिएको आरोप लगाउँदै आएको छ। अफगानिस्तानले भने यो आरोप अस्वीकार गर्दै आएको छ।
पछिल्लो हवाई आक्रमणसँगै दुई देशबीचको तनाव पुनः चर्किएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।