काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको छ। बैंकले संस्थापक सेयरधनी दिवाकर कोइरालाको नाममा रहेको संस्थापक सेयरमध्ये १ हजार ८०३ कित्ता सेयर बिक्री गर्न स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन परेको जनाएको छ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीहरूको जानकारीका लागि बैंकले सूचना प्रकाशित गरेको हो। बैंकका अनुसार, संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयरसम्बन्धी विवरणसहित आफ्नो लिखित जानकारी बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा गराउनुपर्नेछ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानुनबमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।