आईतवार, आश्विन १८,२०८३ 01:07:20
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 01:07:20
Bizshala
Global IME Bank Limited

कोरोला नाकाको अवस्था बुझ्न चिनियाँ राजदूत लोमान्थाङमा, जोमसोममा द्विपक्षीय बैठक

Bizshala
कोरोला नाकाको अवस्था बुझ्न चिनियाँ राजदूत लोमान्थाङमा, जोमसोममा द्विपक्षीय बैठक
New Office

 

काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। तीनदिने भ्रमणका क्रममा राजदूत माओमिङ शनिबार लोमान्थाङ पुगेका हुन्।

नेपालका उत्तरी सीमा नाका बाढी तथा पहिरोका कारण अवरुद्ध भइरहेका बेला वैकल्पिक नाका सञ्चालनको सम्भावना र पूर्वाधारको अवस्थाबारे बुझ्न चिनियाँ टोली मुस्ताङ पुगेको हो।

यसअघि चिनियाँ दूतावासको पहलमा सरकारी अधिकारीसहितको टोलीले सिन्धुपाल्चोकको तातोपानी नाकासम्मको सडक तथा पूर्वाधारको निरीक्षण गरेको थियो। त्यसपछि कोरला नाकाको अवस्थासमेत अवलोकन गरी कुन नाका सञ्चालनमा ल्याउन सकिने भन्ने विषयमा निर्णय गर्ने तयारी गरिएको थियो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदूत कोरला नाका हुँदै लोमान्थाङ पुगेका हुन्। उनका अनुसार राजदूतको सुरक्षा व्यवस्थासमेत मिलाइएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चिनियाँ राजदूतसहित पाँच जना चिनियाँ प्रतिनिधि र नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी टोलीमा छन्। टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जोमसोममा नेपाल–चीन बैठक

भ्रमणका क्रममा चिनियाँ टोली लोमान्थाङबाट जोमसोम आउने कार्यक्रम छ। जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका अधिकारीबीच कोरला नाकासम्बन्धी द्विपक्षीय बैठक हुने तयारी गरिएको छ।

बैठकपछि राजदूत माओमिङ पुनः लोमान्थाङ फर्किने र भ्रमणको तेस्रो तथा अन्तिम दिन कोरला नाका हुँदै चीन फर्किने कार्यक्रम रहेको बताइएको छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाका हुँदै चिनियाँ राजदूतको यो पहिलो उच्चस्तरीय भ्रमण हो। उनका अनुसार कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने सम्भावना र नाकाको समग्र अवस्थाबारे अनुगमन गर्न भ्रमण महत्वपूर्ण रहेको छ।

उत्तरी नाका अवरुद्ध भएपछि चासो

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द छ। त्यस्तै, तातोपानी नाका पनि अवरुद्ध अवस्थामा छ।

नेपालका प्रमुख उत्तरी नाका प्रभावित भइरहेका बेला चिनियाँ राजदूतसहितको टोलीले कोरला नाकाको स्थलगत अवस्था बुझ्नु र नेपाल–चीन अधिकारीबीच बैठक आयोजना हुनुलाई मुस्ताङका जानकारहरूले अर्थपूर्ण रूपमा हेरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.