आईतवार, आश्विन १८,२०८३ 05:08:58
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 05:08:58
Bizshala
Global IME Bank Limited

कोरला नाका बुझ्न चिनियाँ राजदूत नेपालमा, मुस्ताङ हुँदै प्रवेश

Bizshala
कोरला नाका बुझ्न चिनियाँ राजदूत नेपालमा, मुस्ताङ हुँदै प्रवेश
New Office

 

काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ नेतृत्वको सात सदस्यीय टोली उत्तरी सीमा नाका कोरला हुँदै नेपाल प्रवेश गरेको छ। रसुवागढी र तातोपानी नाका बन्द रहेका बेला कोरला नाकाको पछिल्लो अवस्था बुझ्न टोली मुस्ताङ आएको हो।

शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको टोली अहिले जिल्ला सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको मुस्ताङ प्रशासनले जनाएको छ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार राजदूत चाङले प्रमुख जिल्ला अधिकारीसँग भेटेर नाकाको अवस्था र सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गर्ने कार्यक्रम छ।

भ्रमणको विस्तृत कार्यतालिका औपचारिक रूपमा प्राप्त नभए पनि जिल्ला प्रशासन कार्यालयले टोलीको सुरक्षा व्यवस्थासहित आवश्यक तयारी गरेको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल–चीनका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी अहिले बन्द छन्। भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका तथा सडकमा ठूलो क्षति पुर्‍याएपछि उक्त नाका अनिश्चितकालका लागि बन्द छ। यस्तै, अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि तातोपानी नाका पनि सञ्चालनमा छैन।

यसअघि चिनियाँ दूतावासका अधिकारीहरूले स्थलमार्गबाट तातोपानी नाकाको निरीक्षण गरेका थिए। त्यसलगत्तै राजदूत चाङ नेतृत्वको टोलीले कोरला नाका हुँदै नेपाल प्रवेश गरी नाका र सडकको अवस्थाबारे जानकारी लिएको हो।

पछिल्लो समयको भारी वर्षाका कारण कोरला जोड्ने कालीगण्डकी करिडोरका विभिन्न स्थानमा क्षति पुगेको थियो। मर्मतपछि सडक सञ्चालनमा आए पनि उत्तरी नाकासँग जोडिएको पूर्वाधारको अवस्थाबारे चिनियाँ पक्षले स्थलगत जानकारी लिन थालेको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.