काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, बोनस र अन्य सुविधासहित कुल २ करोड २५ लाख ८१ हजार १३२ रुपैयाँ बुझेका छन्।
बैंकको ४२औँ वार्षिक प्रतिवेदनअनुसार ज्ञवालीले मासिक निश्चित तलब तथा भत्ताबापत १३ लाख ७८ हजार रुपैयाँका दरले वार्षिक १ करोड ६५ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, कर्मचारी बोनसबापत ३८ लाख ३५ हजार ६०८ रुपैयाँ र अन्य सुविधाबापत २१ लाख ९ हजार ५२४ रुपैयाँ पाएका छन्।
कुल भुक्तानीमध्ये २ करोड १६ लाख ४५ हजार १३२ रुपैयाँ अल्पकालीन कर्मचारी लाभ र ९ लाख ३६ हजार रुपैयाँ निवृत्त लाभअन्तर्गत रहेको छ। प्रतिवेदनमा कार्यसम्पादनमा आधारित पारिश्रमिक भने उल्लेख छैन।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सीईओ पदमा कुल २ करोड ४० लाख ७ हजार १९१ रुपैयाँ भुक्तानी भएको थियो। नेतृत्व परिवर्तन भएको उक्त वर्ष निवर्तमान सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले २ करोड २१ लाख ८२ हजार रुपैयाँ र ज्ञवालीले १८ लाख २५ हजार रुपैयाँ बुझेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।