सोमबार, आश्विन १९,२०८३ 09:09:04
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 09:09:04
Bizshala
Global IME Bank Limited

अलास्का एलएनजी सम्झौतामा हस्ताक्षर नगरे दक्षिण कोरियामाथि शुल्क बढाउने ट्रम्पको चेतावनी

Bizshala
अलास्का एलएनजी सम्झौतामा हस्ताक्षर नगरे दक्षिण कोरियामाथि शुल्क बढाउने ट्रम्पको चेतावनी
New Office

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाले ५० अर्ब डलरको अलास्का एलएनजी परियोजनामा सहभागी हुने सम्झौतामा छिट्टै हस्ताक्षर नगरे आफूले उसलाई थप शुल्क लगाउने चेतावनी दिएका छन्।

दक्षिण कोरियाको सहभागिताबारे आफूले समयअगावै घोषणा नगरेको दाबी गर्दै ट्रम्पले सम्झौतामा छिट्टै हस्ताक्षर नगरे दक्षिण कोरियाले तिर्नुपर्ने रकम ‘दोब्बर’ हुन सक्ने बताएका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ह्वाइट हाउसका अनुसार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, “यदि उनीहरू यो गर्न चाहँदैनन् भने मलाई ठीकै छ। म उनीहरूलाई थप शुल्क लगाउनेछु। उनीहरूलाई भनिदिनुहोस्, यदि उनीहरूले छिट्टै हस्ताक्षर गरेनन् भने म यसलाई दोब्बर बनाइदिनेछु।”

ट्रम्पले के कुरा दोब्बर बनाउने भन्ने स्पष्ट पारेनन्। यद्यपि, दक्षिण कोरियाली स्थानीय सञ्चारमाध्यमहरूले उनले दक्षिण कोरियामाथि लगाइने भन्सार शुल्क बढाउने संकेत गरेको हुन सक्ने बताएका छन्।

दक्षिण कोरियाले अलास्का एलएनजी परियोजनाबारे अझै मूल्याङ्कन गरिरहेको बताउँदै आएको छ। परियोजनामा आफ्नो सहभागिता व्यावसायिक रूपमा व्यवहार्य हुने र देशको विद्यमान कानुनी प्रक्रियाअनुसार हुने अवस्थामा मात्र निर्णय गरिने उसको भनाइ छ।

यसैबीच, ट्रम्पले आफूले दक्षिण कोरियाको अलास्का एलएनजी परियोजनामा सहभागिताबारे समयअगावै घोषणा नगरेको बताएका छन्। दक्षिण कोरियाको सहभागिता घोषणा गर्दा आफूले हतार नगरेको उनको दाबी छ।

ट्रम्पको पछिल्लो भनाइ अमेरिका र दक्षिण कोरियाबीच अमेरिकामा दक्षिण कोरियाले गर्ने भनिएका ऊर्जा तथा पूर्वाधारसम्बन्धी लगानीलाई लिएर देखिएको मतभेदबीच आएको हो। ट्रम्पले विभिन्न परियोजनाबारे घोषणा गरिरहेका भए पनि दक्षिण कोरियाले तीमध्ये केही विषयमा अन्तिम सहमति भइनसकेको बताउँदै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.