काठमाण्डौ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तावित एजेन्डामाथि छलफल हुने बताइएको छ। बैठकले समसामयिक विषयसँगै मन्त्रालयगत प्रस्तावबारे आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।