सोमबार, आश्विन १९,२०८३ 02:30:54
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 02:30:54
Bizshala
Global IME Bank Limited

पद थपेर मात्रै नेता उत्पादन हुँदैन, नेतृत्व विकासमा ध्यान दिनुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

Bizshala
पद थपेर मात्रै नेता उत्पादन हुँदैन, नेतृत्व विकासमा ध्यान दिनुपर्छ : कांग्रेस प्रवक्ता चालिसे
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता प्रेमबहादुर चन्द चालिसेले पार्टीमा पदाधिकारीको संख्या बढाउँदैमा नयाँ नेतृत्व उत्पादन हुने धारणा राख्नु गलत हुने बताएका छन्।

कांग्रेसले विधान संशोधनमार्फत पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउने तयारी गरिरहेका बेला प्रवक्ता चालिसेले पद थप्ने विषयलाई मात्र नेतृत्व विकाससँग जोडेर हेर्न नहुने बताएका हुन्। उनका अनुसार पार्टीमा नेतृत्व विकासका लागि संगठनभित्र अवसर, जिम्मेवारी र राजनीतिक प्रशिक्षणको वातावरण निर्माण गर्न आवश्यक छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कांग्रेसले विधान संशोधनमार्फत उपसभापतिको संख्या बढाउने तथा एक पदमा महिला अनिवार्य गर्ने तयारी गरेको छ। त्यस्तै, महामन्त्रीको संख्या पनि बढाएर महिलाका लागि एक पद सुनिश्चित गर्ने प्रस्ताव अघि सारिएको छ।

पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव पार्टीभित्रका विभिन्न समूह र नेतृत्वका आकांक्षीलाई व्यवस्थापन गर्ने उद्देश्यसँग पनि जोडिएको छ। तर चालिसेले पदको संख्या बढाउनु मात्रै पार्टीमा सक्षम र प्रभावकारी नेतृत्व विकासको आधार बन्न नसक्ने बताएका छन्।

उनले पार्टीको संरचनाभित्र सबै वर्ग, क्षेत्र र समुदायको सहभागिता सुनिश्चित गर्दै क्षमताका आधारमा नेतृत्व विकासको अवसर दिनुपर्नेमा जोड दिएका छन्। महिला सहभागिता बढाउने विषयमा पनि पद सुरक्षित गर्नुका साथै महिलालाई नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउने वातावरण आवश्यक रहेको उनको भनाइ छ।

कांग्रेसले प्रस्तावित विधान संशोधनलाई अन्तिम रूप दिएपछि पदाधिकारी तथा केन्द्रीय समितिको नयाँ संरचना कार्यान्वयनमा आउनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.