काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, एबीसी सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा अनलाईन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ४२ करोड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.३६ प्रतिशत सेयर खरिद भएको छ भने ४७.६४ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।