बुधबार, कार्तिक ११,२०८३ 01:24:20
  • बुधबार, कार्तिक ११,२०८३ 01:24:20
Global IME Bank Limited

आरबीआईद्वारा रेपो दरमा वृद्धि, मुद्रास्फीतिको अनुमान पनि बढाइयो

Bizshala
आरबीआईद्वारा रेपो दरमा वृद्धि, मुद्रास्फीतिको अनुमान पनि बढाइयो
New Office

काठमाडौं। भारतीय रिजर्भ बैंक (आरबीआई)ले रेपो दरमा २५ आधार अंकले वृद्धि गर्दै ५.५ प्रतिशत पुर्‍याएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार आरबीआईका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसम्मत रूपमा रेपो दर बढाउने निर्णय गरेको जानकारी दिएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

वाणिज्य बैंकहरूले रिजर्भ बैंकबाट लिएको ऋणमा तिर्नुपर्ने ब्याजदरलाई रेपो दर भनिन्छ। रेपो दर बढ्दा बैंकहरूको ऋण लागत बढ्ने भएकाले उनीहरूले पनि कर्जाको ब्याजदर बढाउने गर्छन्। यसको प्रत्यक्ष असर बैंकबाट ऋण लिने उपभोक्तामा पर्छ र उनीहरूले बढी ब्याज तिर्नुपर्ने हुन्छ।

आरबीआईले आर्थिक वर्ष २०२७ का लागि मुद्रास्फीतिको अनुमान पनि सामान्य रूपमा बढाएको छ। यसअघि ५ प्रतिशत रहेको अनुमानलाई बढाएर ५.१ प्रतिशत पुर्‍याइएको छ।

Garima Development Bank
Bizshala
IME remit

यसैबीच, आरबीआईले आर्थिक वर्ष २०२७ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको अनुमान ४० आधार अंकले बढाएर ७.१ प्रतिशत पुर्‍याएको छ। गभर्नर मल्होत्राले अर्थतन्त्रको वृद्धिदरमा सुधारको अपेक्षासँगै मुद्रास्फीतिको जोखिमलाई ध्यानमा राखेर मौद्रिक नीतिमा यस्तो निर्णय गरिएको संकेत दिएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.