बिहीबार, आश्विन २२,२०८३ 12:26:16
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 12:26:16
Bizshala
Global IME Bank Limited

अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन डलर दिने

Bizshala
अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन डलर दिने
New Office

 काठमाण्डौ । अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ। यो रकम करिब १ अर्ब ६१ करोड नेपाली रुपैयाँ बराबर हो।

मेलबर्नमा बिहीबार परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भएको द्विपक्षीय भेटवार्ताका क्रममा थप सहायता घोषणा गरिएको हो।

यसअघि अस्ट्रेलियाले नेपालमा आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। अब घोषणा गरिएको थप १५ मिलियन डलर मुख्यतः राहत, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका काममा परिचालन हुने जनाइएको छ।

भेटवार्ताका क्रममा विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उद्धार, पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहने बताइन्।

परराष्ट्रमन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे। उनले यस्तो सहयोगले नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाएको बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ। दुवै मन्त्रीले लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा जोड दिएका छन्।

जलवायु परिवर्तनका कारण नेपाल र प्रशान्त क्षेत्रका मुलुकले भोगिरहेका साझा जोखिमका विषयमा पनि छलफल भएको थियो। खनालले आगामी कोप–३१ को सन्दर्भमा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन अस्ट्रेलियाको सहयोग अपेक्षा गरे।

उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल–अस्ट्रेलिया सहकार्य थप विस्तार गर्नुपर्ने बताए।

भेटवार्तामा शैक्षिक सहकार्यलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। नेपालमा अस्ट्रेलियाबाट मान्यता प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम संस्था स्थापना गर्ने र अस्ट्रेलियाली विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा खोल्ने विषयमा समेत छलफल भएको छ।

खनालले अस्ट्रेलियाको समाज र अर्थतन्त्रमा नेपाली विद्यार्थी तथा नेपाली डायस्पोराले पुर्‍याइरहेको योगदानको चर्चा गर्दै विद्यार्थी भिसासम्बन्धी पछिल्ला नीतिगत परिवर्तनका क्रममा वास्तविक र योग्य नेपाली विद्यार्थीका लागि न्यायोचित व्यवस्था गर्न आग्रह गरे।

दुई पक्षबीच व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन र श्रम गतिशीलतालगायत क्षेत्रमा आर्थिक साझेदारी विस्तार गर्ने सम्भावनाबारे पनि विचार आदानप्रदान भएको थियो।

त्यसैगरी नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत छलफल भएको छ। प्रत्यक्ष हवाई सम्पर्क स्थापना भए पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई अझ सुदृढ बनाउँदै प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

दुवै पक्षले नियमित उच्चस्तरीय आदानप्रदान जारी राख्ने र भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने सहमति जनाएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.