बिहीबार, आश्विन २२,२०८३ 01:03:09
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 01:03:09
Bizshala
Global IME Bank Limited

युक्रेनमाथि रुसको भीषण हमला, कम्तीमा ३२ जनाको ज्यान गयो

Bizshala
युक्रेनमाथि रुसको भीषण हमला, कम्तीमा ३२ जनाको ज्यान गयो
New Office

 काठमाण्डौ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोनबाट गरेको ठूलो आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिकासमेत रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

आक्रमणबाट आवासीय भवन, औद्योगिक संरचना तथा ऊर्जा पूर्वाधारमा व्यापक क्षति पुगेको जनाइएको छ। सबैभन्दा ठूलो क्षति उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रस्थित प्रिलुकीमा भएको छ।

त्यहाँ रुसी मिसाइलले पाँचतले आवासीय भवनमा प्रहार गर्दा बिहीबार बिहानसम्म २२ जनाको मृत्यु भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ। भग्नावशेषबाट १५ जनालाई जीवितै उद्धार गरिएको छ।

राजधानी किभमा पनि आक्रमणबाट चार जनाको मृत्यु भएको छ। प्रारम्भिक रूपमा दुई जनाको मृत्यु पुष्टि भएकोमा भग्नावशेषबाट थप दुई शव भेटिएपछि मृतक संख्या बढेको हो। किभ आसपास ड्रोनका अवशेष खस्दा समेत जनधनको क्षति भएको बताइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार देशभर करिब १०० जना घाइते भएका छन्। उनले यो आक्रमणलाई पछिल्लो समयको गम्भीर आक्रमणमध्ये एक भएको बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जेलेन्स्कीका अनुसार रुसले रातभर युक्रेनतर्फ करिब ७० वटा मिसाइल प्रहार गरेको थियो। तीमध्ये धेरै ब्यालिस्टिक मिसाइल रहेको र त्यससँगै दर्जनौँ शाहेद तथा अन्य ड्रोन प्रयोग गरिएको उनको भनाइ छ।

युक्रेनी वायुसेनाले रुसले प्रहार गरेका ४६ वटा जेट इन्जिनयुक्त ड्रोनमध्ये ८० प्रतिशतभन्दा बढी खसालिएको जनाएको छ। तर ब्यालिस्टिक मिसाइल रोक्न अझै कठिन भइरहेको भन्दै युक्रेनले थप प्रभावकारी हवाई प्रतिरक्षा प्रणाली आवश्यक रहेको बताएको छ।

जेलेन्स्कीले विशेषगरी प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीको आवश्यकता पुनः दोहोर्‍याएका छन्।

रुसको रक्षा मन्त्रालयले भने आक्रमण नागरिक क्षेत्रलाई लक्षित गरेर नभई सैन्य–औद्योगिक संरचनामाथि केन्द्रित रहेको दाबी गरेको छ।

रुसी पक्षका अनुसार किभसहित चेर्निहिभ, किरोभोहराद, डिनिप्रोपेत्रोभ्स्क, पोल्टाभा र खार्किभ क्षेत्रमा स्थल, समुद्र र हावाबाट प्रहार गर्न सकिने उच्च सटीकताका हतियार तथा ड्रोन प्रयोग गरिएको थियो।

रुसले युक्रेनी रक्षा कम्पनी फायर पोइन्टसँग सम्बन्धित मिसाइल र ड्रोन उत्पादन तथा भण्डारण केन्द्रलाई समेत निशाना बनाइएको दाबी गरेको छ।

आक्रमणको चेतावनीपछि किभका धेरै बासिन्दाले रातभर भूमिगत मेट्रो स्टेसनमा आश्रय लिएका थिए। राजधानीमा पटक–पटक विस्फोटको आवाज सुनिएको थियो।

यसैबीच युक्रेनले पनि पछिल्लो २४ घण्टामा रुसका चारवटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ। जेलेन्स्कीका अनुसार तीमध्ये दुई तेलसम्बन्धी संरचना र एउटा सैन्य प्रशिक्षण केन्द्र रहेका छन्।

रुस–युक्रेन युद्ध लम्बिँदै जाँदा दुवै पक्षले एकअर्काका ऊर्जा, सैन्य तथा औद्योगिक संरचनालाई निशाना बनाउने क्रम तीव्र बनाएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.