शुक्रबार, आश्विन २३,२०८३ 12:09:46
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 12:09:46
Bizshala
Global IME Bank Limited

शिक्षकलाई सवारी किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयमा

Bizshala
शिक्षकलाई सवारी किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयमा
New Office

 

 काठमाण्डौ । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।

शिक्षा मन्त्रालयले तयार पारेको प्रस्तावित नियमावलीअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकलाई ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्ने सुविधा प्रस्ताव गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले सहुलियतस्वरूप बेहोर्ने प्रस्ताव नियमावलीमा समावेश गरिएको छ।

शिक्षकले बाँकी २० प्रतिशत रकम भने आफैँ व्यवस्था गर्नुपर्नेछ।

प्रस्तावित व्यवस्थाअनुसार शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज नेपाल सरकारले बेहोर्नेछ।

अब उक्त नियमावली कार्यान्वयनका लागि अर्थ मन्त्रालयको सहमति आवश्यक पर्नेछ। अर्थबाट सहमति आएपछि नियमावली अगाडि बढ्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.