शुक्रबार, आश्विन २३,२०८३ 04:57:57
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 04:57:57
Bizshala
Global IME Bank Limited

विश्व करदाता संघको सल्लाहकार बोर्डमा गोविन्द शर्मा गैह्रे नियुक्त

Bizshala
विश्व करदाता संघको सल्लाहकार बोर्डमा गोविन्द शर्मा गैह्रे नियुक्त
New Office

काठमाण्डौ । नेपालका करदाता अधिकार, कर नीति तथा वित्तीय सुशासनका क्षेत्रमा सक्रिय चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघ (World Taxpayers Associations–WTA) को सल्लाहकार बोर्डमा नियुक्त भएका छन्।

पोल्याण्डको क्राको (Kraków) मा आयोजित विश्व करदाता संघको साधारणसभा तथा सम्मेलनका क्रममा गैह्रेलाई उक्त जिम्मेवारी दिइएको हो। सम्मेलन सन् २०२६ अक्टोबर ५ मा सम्पन्न भएको थियो।

संघको साधारणसभाबाट भएको यो नियुक्तिलाई नेपालको करदाता अधिकारसम्बन्धी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

विश्वका ५० भन्दा बढी देशका करदाता संगठनलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्जाल डब्लुटीएले करदाताको अधिकार संरक्षण, न्यायोचित कर प्रणाली, पारदर्शी सार्वजनिक खर्च तथा उत्तरदायी सरकारको अवधारणालाई प्रवर्द्धन गर्दै आएको छ।

गैह्रेको नियुक्तिसँगै नेपालका करदाताका अनुभव, समस्या तथा सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन र अन्तर्राष्ट्रिय कर नीति बहससँग सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गैह्रे नेपाल करदाता कल्याण समाज (Nepal Taxpayers Welfare Society–NTWS) का संस्थापक अध्यक्षसमेत हुन्। उनले करदाताको हकहित संरक्षण, करसम्बन्धी जनचेतना अभिवृद्धि, कर प्रशासनमा सुधार तथा कर नीतिलाई थप पारदर्शी र उत्तरदायी बनाउन निरन्तर पैरवी गर्दै आएका छन्।

चार्टर्ड एकाउन्टेन्ट (FCA), व्यवस्थापनमा स्नातकोत्तर (MBS) तथा कानुनमा स्नातक (LLB) गैह्रेसँग वित्तीय तथा सञ्चालन लेखापरीक्षण, वित्तीय नियमन तथा पूँजीबजारसम्बन्धी कानुनी तथा अनुपालनका क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव रहेको छ।

उनको अनुभवले कर नीति, कर प्रशासन सुधार तथा करदाता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय बहसमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

करदाता अधिकारको अवधारणाले कर तिर्नुपर्ने दायित्वसँगै करदाताले निष्पक्ष व्यवहार, प्रभावकारी सार्वजनिक सेवा, निर्णयविरुद्ध स्वतन्त्र पुनरावेदनको अवसर तथा न्यायिक सुनुवाइको अधिकार पाउनुपर्ने मान्यतालाई जोड दिन्छ।

गैह्रेले कर प्रणालीप्रति नागरिकको विश्वास बढाउन पारदर्शिता, सरल प्रशासन र सार्वजनिक स्रोतको जवाफदेही उपयोग महत्वपूर्ण हुने विषयमा जोड दिँदै आएका छन्।

नेपालमा करदाता अधिकारसम्बन्धी संस्थागत अभियानलाई सुदृढ बनाउने, करदाता शिक्षा विस्तार गर्ने तथा नीति निर्माण प्रक्रियामा करदाताको दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने दिशामा एनटीडब्लुएसले काम गर्दै आएको छ।

डब्लुटीएको सल्लाहकार बोर्डमा गैह्रेको सहभागिताले नेपाली करदाता समुदायका अनुभव, चुनौती र सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर थप विस्तार गर्ने विश्वास गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.