काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा पोने ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा ओपल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
उच्च कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ७४ करोड ४९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.४३ प्रतिशत सेयर खरिद भएको छ भने ५३.५७ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।