काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ संशोधन गर्ने तयारी थालेको छ।
प्राधिकरणले विद्यमान कानुन, नीतिगत व्यवस्था तथा व्यावसायिक परिवेशअनुसार निर्देशिकालाई समयसापेक्ष बनाउन सरोकारवालासँग रायसुझाव माग गरेको हो।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार निर्देशिकामा आवश्यक सुधार, संशोधन तथा थपघट गर्नुपर्ने विषयमा सरोकारवालाले आफ्नो सुझाव पेस गर्न सक्नेछन्।
यसका लागि प्राधिकरणले ७ कार्यदिनको समयसीमा तोकेको छ। इच्छुक सरोकारवालाले आवश्यक संशोधन प्रस्तावसहितको रायसुझाव प्राधिकरणको इमेल ठेगाना [email protected] मा पठाउन सक्नेछन्।
पुनर्बीमा दलालसम्बन्धी नियामकीय व्यवस्थालाई वर्तमान व्यावसायिक आवश्यकता र कानुनी प्रावधानअनुकूल बनाउने उद्देश्यले प्राधिकरणले संशोधन प्रक्रिया अघि बढाएको हो।
प्राधिकरणले कुन–कुन प्रावधान संशोधन गर्ने भन्ने विस्तृत प्रस्ताव भने सार्वजनिक गरेको छैन। सरोकारवालाबाट प्राप्त सुझावपछि निर्देशिकामा गर्नुपर्ने परिवर्तनबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।