काठमाण्डौ । नेपाली संगीतमा नयाँ पुस्ताको सिर्जनशीलता, मौलिकता र नयाँ शैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु भएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा तयार गरिएको यो सिरिज अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको हो। सिरिजमार्फत मौलिक संगीत, फरक शैलीका प्रस्तुति र नयाँ दृश्यात्मक प्रयोगमार्फत दर्शक तथा श्रोतालाई पृथक अनुभव दिने लक्ष्य राखिएको छ।
सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्सले गरिरहेको छ भने निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले सम्हालेको छ।
आयोजकका अनुसार सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। गीत तथा म्युजिक भिडियो ‘एक्स्ट्रिम म्युजिक सिरिज’ युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।
पहिलो सिजनमा याबेश, एस्टीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन्।
प्रत्येक कलाकारले आफ्नो फरक संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजमा प्रस्तुति दिने जनाइएको छ।
परम्परागत शैलीभन्दा फरक रहेर नयाँ संगीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल सुरु गरिएको आयोजकले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले सिरिजमार्फत नेपाली संगीत क्षेत्रमा रहेका नयाँ प्रतिभालाई उजागर गर्दै स्थानीय संगीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।