काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडका संस्थापक सेयरधनी नुमनाथ पौडेलले आफ्नो नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
पौडेलले उक्त सेयर बिक्रीका लागि दिएको निवेदनमाथि संस्थाको सञ्चालक समितिको बैठकले प्रचलित नियमानुसार बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । त्यससँगै संस्थाले विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाण कागजात संलग्न गरी मञ्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर निवेदन दिनुपर्नेछ ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइने फाइनान्सले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।