सोमबार, आश्विन २६,२०८३ 12:25:10
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 12:25:10
Bizshala
Global IME Bank Limited

दशकसम्म अलपत्र ठेक्कामा एक्सन, दुई निर्माण कम्पनीको सम्झौता रद्द

Bizshala
दशकसम्म अलपत्र ठेक्कामा एक्सन, दुई निर्माण कम्पनीको सम्झौता रद्द
New Office

काठमाडौं । सडक मर्मत तथा निर्माणको जिम्मा लिएर लामो समयसम्म काम अलपत्र पार्ने दुई निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द भएको छ। सडक डिभिजन कार्यालय विराटनगरले पटक–पटक निर्देशन र म्याद थप गर्दा पनि सन्तोषजनक प्रगति नगरेपछि काठमाडौंको ‘हिम सगरमाथा–बी एण्ड बी–आर वान जेभी’ र सुनसरीको ‘कृष्णा निर्माण सेवा’सँगको ठेक्का तोडेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम असोज २२ गतेको निर्णयबाट दुवै ठेक्का अन्त्य गरिएको हो। यसअघि ठेकेदार कम्पनीलाई काम सुधार्न मौखिक तथा लिखित निर्देशन दिनुका साथै स्पष्टीकरणसमेत मागिएको थियो।

‘हिम सगरमाथा–बी एण्ड बी–आर वान जेभी’ले इटहरी–मावा खोला पुल खण्ड, इटहरी–सखुवागाछी सडक तथा धरान बेसक्याम्पदेखि भेडेटारसम्मको सडक मर्मतको जिम्मा पाएको थियो। पटक–पटक म्याद थपिए पनि अन्तिम म्याद २०८२ चैत ३० गतेसम्म काम सम्पन्न हुन सकेन।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, ‘कृष्णा निर्माण सेवा’ले मोरङको तत्कालीन राजघाट ७–८ स्थित जारुवापानी होली कल्भर्ट निर्माणको ठेक्का पाएको थियो। उक्त कामको म्याद २०७३ चैत २८ गते नै सकिए पनि करिब एक दशकसम्म योजना अलपत्र रहेको थियो। ठेक्का रद्दसँगै कार्यालयले दुवै निर्माण व्यवसायीलाई ३० दिनभित्र सम्पर्क गरी वित्तीय फरफारक गर्न निर्देशन दिएको छ। तोकिएको अवधिमा सम्पर्कमा नआए थप कानुनी कारबाही गरिने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.