सोमबार, आश्विन २६,२०८३ 04:37:16
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:37:16
Bizshala
Global IME Bank Limited

नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय अवार्ड

Bizshala
नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय अवार्ड
New Office

काठमाण्डौ । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. ले अन्तर्राष्ट्रियस्तरको ‘AI in Cybersecurity Award’ प्राप्त गरेको छ।

इन्डोनेसियाको जकार्तामा आयोजित ASOCIO Digital AI Award 2026 अन्तर्गत सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

ASOCIO एसिया तथा ओशिनिया क्षेत्रका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू समेटिएको क्षेत्रीय ICT उद्योग संस्था हो। सन् १९८४ मा स्थापना भएको संस्थाले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको कम्पनीले जनाएको छ।

इन्साइट टेक्नोलोजीले विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, निगरानी, घटना प्रतिक्रिया तथा सुरक्षा प्रणाली सुदृढीकरणमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोग गरेबापत यो अवार्ड प्राप्त गरेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अक्टोबर ७ मा जकार्तास्थित Swissôtel Jakarta PIK Avenue मा आयोजित ‘Awardee Showcase’ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के. शर्माले ASOCIO बोर्ड, अन्य अवार्ड विजेता तथा एसिया–ओशिनिया क्षेत्रका प्रविधि विज्ञहरूसमक्ष इन्साइट टेक्नोलोजीको यात्रा, उपलब्धि तथा साइबर सुरक्षासम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका थिए।

सन् २०११ मा आईटी सोलुसन इन्टिग्रेटरका रूपमा स्थापना भएको इन्साइट टेक्नोलोजी हाल साइबर सुरक्षा तथा म्यानेज्ड टेक्नोलोजी सेवा प्रदायकका रूपमा विकसित भएको छ। कम्पनीका अनुसार उसले नेपालसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सयौं संस्थालाई सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी सेवा दिँदै आएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

अवार्डप्रति प्रतिक्रिया जनाउँदै शर्माले यो उपलब्धि कम्पनीका इन्जिनियर, विश्लेषक तथा कम्पनीमाथि विश्वास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकहरूको सामूहिक सफलता भएको बताए।

उनले उन्नत साइबर सुरक्षा सेवालाई संस्थाहरूको पहुँचमा पुर्‍याउने उद्देश्यसहित कम्पनी स्थापना गरिएको उल्लेख गर्दै क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए।

“नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा इकोसिस्टममा कस्तो योगदान दिन सक्छन् भन्ने देखाउने अवसर पनि यो सम्मानले दिएको छ,” शर्माले भने।

कम्पनीले विगत करिब १५ वर्षदेखि सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.