काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएको छ ।
समीक्षामार्फतबैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको हो ।
पछिल्लो समय गाडीको आयात खुम्चिँदा सरकारी राजश्वमा गम्भीर धक्का पर्दै आएको छ । यही विषयलाई सम्बोधन गर्न हायर पर्चेज प्रकृतिका सवारी साधनको जोखिमभार घटाइएको हो ।
यो व्यवस्थाले सवारी साधनको व्यापारमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।