आईतवार, कार्तिक ८,२०८३ 09:51:28
  • आईतवार, कार्तिक ८,२०८३ 09:51:28
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाका लागि आयो मौद्रिक समीक्षामार्फत सहज व्यवस्था

Bizshala
बैंक तथा वित्तीय संस्थाका लागि आयो मौद्रिक समीक्षामार्फत सहज व्यवस्था
New Office

काठमाण्डौ । राष्ट्रबैंक बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने घोषणा गरेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

केन्द्रीय बैंकले मौद्रिक नीतिको तेश्रो समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।  

बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने घोषणा समेत भएको छ । 

यो व्यवस्थाले पूँजीकोष टाइट भएकै कारण थप व्यवसाय विस्तार गर्न नसक्ने अवस्थामा पुगेका बैंकहरुलाई राहात मिल्नेछ ।  

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने समेत घोषणा भएको छ ।  

यस्तै, असल कर्जाका लागि समेत नोक्सानी गर्नुपर्ने विद्यमान सीमा घट्दा बैंकहरु थप कर्जा बिस्तार गर्नसक्ने अवस्थामा पुगेका छन् । झण्डै २५ अर्ब हाराहारीमा थप कर्जा बिस्तार गर्न मिल्ने फण्ड यो व्यवस्थाबाट बैंकहरुले प्राप्त गर्ने आशा गरिएको छ ।  

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.