काठमाण्डौ । राष्ट्रबैंकले घरजग्गा खरीद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई व्यापक परिर्वतन गरेको छ ।
मौद्रिक नीतिको तेश्रो समीक्षा गर्दै केन्द्रीय बैंकले घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने घोषणा गरेको हो ।
यसले सुस्त बनेको रियल स्टेट क्षेत्रमा रौनक फर्किने आशा गर्न सकिन्छ ।