मंगलवार, कार्तिक १०,२०८३ 08:33:18
  • मंगलवार, कार्तिक १०,२०८३ 08:33:18
Global IME Bank Limited

आरबीबीएल डिबेन्चर २०८९ को निष्कासन तथा बिक्री आजदेखि बन्द हुँदै

Bizshala
आरबीबीएल डिबेन्चर २०८९ को निष्कासन तथा बिक्री आजदेखि बन्द हुँदै
New Office

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ७ वर्षे अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ ऋणपत्रको निष्कासन तथा बिक्री आज बैंकिङ समयपछि बन्द हुने भएको छ।

बैंकले गत असोज २९ गतेदेखि उक्त ऋणपत्रको निष्कासन तथा बिक्री खुला गरेको थियो। ऋणपत्रको प्रतिकित्ता अंकित मूल्य एक हजार रुपैयाँ रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। त्यसमध्ये १८ लाख कित्ता ऋणपत्रबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको रकम व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट)बाट बिक्री गरिनेछ। बाँकी १२ लाख कित्ता ऋणपत्रबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम सर्वसाधारणबाट जुटाइनेछ।

Garima Development Bank
Bizshala
IME remit

सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.