आरबीबीएल डिबेन्चर २०८९ को निष्कासन तथा बिक्री आजदेखि बन्द हुँदै
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ७ वर्षे अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ ऋणपत्रको निष्कासन तथा बिक्री आज बैंकिङ समयपछि बन्द हुने भएको छ।बैंकले गत असोज २९ गतेदेखि उक्त ऋणपत्रको निष्कासन तथा बिक्री खुला गरेको थियो। ऋणपत्रको प्रतिकित्ता अंकित मूल्य एक हजार रुपैयाँ रहेको छ।

