काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी कृष्ण बहादुर थापाले आफ्नो नाममा रहेको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।
संस्थाले सूचना प्रकाशित गर्दै उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ।
संस्थाका अनुसार सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जानकारी गराउनुपर्नेछ।
तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।