काठमाण्डौ । बुधबार सेयरबजारमा ७ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र सनिसेक्युरिटिज रहेका छन् ।
उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, नेपाल स्टक हाउस र नबिल स्टक डिलर रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट १ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.५३ प्रतिशत सेयर खरिद भएको छ भने ५३.४७ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।