काठमाडौं। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको ५.२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ।
कम्पनीको असोज ३० गते सम्पन्न साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको हो।
सभाले कम्पनीको चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यस्तै, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीको लेखापरीक्षण गर्न पी.एल. श्रेष्ठ एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। लेखापरीक्षकको पारिश्रमिक २ लाख ५४ हजार १०० रुपैयाँ कायम गरिएको छ।
सभाले सञ्चालक समितिमा भएको नियुक्ति तथा परिवर्तनलाई समेत अनुमोदन गरेको छ। कम्पनीका सञ्चालक सुशिल कुमार ओझाले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त सञ्चालक पदमा सौरभ अग्रवालको नियुक्ति साधारणसभाले अनुमोदन गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।