काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा पौने ९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा क्रिष्टल कंचनजंगा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, सनि सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट १ अर्ब ३० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.८८ प्रतिशत सेयर खरिद भएको छ भने ५२.१२ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।