आईतवार, कार्तिक १५,२०८३ 08:10:23
  • आईतवार, कार्तिक १५,२०८३ 08:10:23
Global IME Bank Limited

नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो २ अर्ब ५५ करोड

Bizshala
नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो २ अर्ब ५५ करोड
New Office

काठमाडौं। नबिल बैंकले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको तुलनामा ४५.४ प्रतिशत बढी हो।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सहायक कम्पनीसहितको नबिल समूहको नाफा ६०।६ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको ब्याज खर्च १७.४ प्रतिशतले घटेपछि खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १६.४ प्रतिशतले वृद्धि भई ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ कायम भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थामा भएको कमीले पनि योगदान गरेको छ। गत वर्ष ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको बैंकले यस वर्ष १६ करोड ४० लाख रुपैयाँ मात्रै नोक्सानी व्यवस्थामा राखेको छ। बैंकको खराब कर्जा अनुपात पनि ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा झरेको छ।

असोज मसान्तसम्म बैंकको निक्षेप ६ खर्ब १९ अर्ब २३ करोड र कर्जा लगानी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ४९ पैसाबाट बढेर ३३ रुपैयाँ ८९ पैसा कायम भएको छ।

Garima Development Bank
Bizshala
IME remit

यद्यपि, बैंकको पुँजीकोष अनुपात १२.६७ प्रतिशतबाट घटेर ११.६७ प्रतिशतमा सीमित भएको छ। मुख्य पुँजी (सीईटी–१) अनुपात पनि ९.५५ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा आएको छ।

राष्ट्र बैंकको नियामकीय व्यवस्था र अघिल्लो वर्षको सञ्चित नाफासमेत समायोजन गर्दा बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर वितरणयोग्य नाफा २२ रुपैयाँ ८ पैसा रहेको छ।

बैंकले आर्थिक सुस्ती, कमजोर कर्जा माग, खराब कर्जाको व्यवस्थापन, अधिक तरलता, न्यून सरकारी पुँजीगत खर्च र साइबर सुरक्षासम्बन्धी जोखिमलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.