काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी ओपनएआईले नयाँ लगानी चरणमा ३० अर्ब डलरसम्म रकम जुटाउने पूर्वलक्ष्य घटाएर २० अर्ब डलरमा सीमित गरेको छ।
सीएनबीसीका अनुसार लगानी जुटाउने प्रक्रिया अझै जारी रहेकाले अन्तिम रकम परिवर्तन हुन सक्नेछ। यसअघि फाइनान्सियल टाइम्सले कम्पनीले नयाँ लगानीपछि आफ्नो मूल्यांकन १.२५ ट्रिलियन डलर पुर्याउने लक्ष्य राखेको जनाएको थियो। लगानी चरणको नेतृत्व संयुक्त अरब इमिरेट्सका लगानीकर्ता र कोट्युले गरिरहेका छन्।
ठूला प्रविधि कम्पनीहरूले एआई पूर्वाधारमा गरेको ठूलो खर्चबाट पर्याप्त प्रतिफल प्राप्त हुनेमा लगानीकर्ताले आशंका व्यक्त गरिरहेका बेला ओपनएआईले लगानी लक्ष्य घटाएको हो।
यसैबीच, शुक्रबार इन्टेलको सेयर २५ प्रतिशत, माइक्रोनको ५.५ प्रतिशत र एनभिडियाको ४ प्रतिशतले घटेको थियो। माइक्रोसफ्ट, गुगल र अमेजनले एआई पूर्वाधारमा गर्ने खर्चको प्रक्षेपण विश्लेषकहरूको अनुमानभन्दा कम सार्वजनिक गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।