आईतवार, कार्तिक १५,२०८३ 12:50:59
  • आईतवार, कार्तिक १५,२०८३ 12:50:59
Global IME Bank Limited

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा १११ प्रतिशतको उछाल, ईपीएस कति ?

Bizshala
कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा १११ प्रतिशतको उछाल, ईपीएस कति ?
New Office

कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोब्बरभन्दा बढी भएको छ। तर नाफाको यो वृद्धिलाई बैंकको मुख्य आम्दानीले साथ दिएको छैन। खुद ब्याज आम्दानीमा ठूलो गिरावट आएको अवस्थामा कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको व्यवस्था फिर्ता अर्थात् ‘प्रोभिजन रिभर्सल’ ले नाफा उकास्न निर्णायक भूमिका खेलेको छ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा २९ लाख १५ हजार रुपैयाँ थियो। यसरी बैंकको खुद नाफा ११०.७५ प्रतिशतले बढेको छ।

नाफामा आकर्षक वृद्धि देखिए पनि बैंकको मुख्य कमाइको स्रोत खुद ब्याज आम्दानी भने ४०.३८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २ करोड ३४ लाख ५२ हजार रुपैयाँ रहेको यस्तो आम्दानी यसपालि १ करोड ३९ लाख ८२ हजार रुपैयाँमा सीमित भएको हो। ब्याजबाट हुने आम्दानी घट्ने तर ब्याज खर्च बढ्ने अवस्थाले बैंकको मुख्य व्यवसायबाट हुने कमाइमा दबाब परेको देखिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

खुद ब्याज आम्दानी खुम्चिँदा पनि नाफा बढ्नुको मुख्य कारण प्रोभिजनमा आएको परिवर्तन हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले कर्जा तथा अन्य सम्भावित नोक्सानीबापत १ करोड ४ लाख ९० हजार रुपैयाँ खर्च लेखेको थियो। यसपालि सोही शीर्षकमा ४८ लाख १६ हजार रुपैयाँ रिभर्सल देखाएको छ। अघिल्लो वर्ष खर्च भएको शीर्षकबाट यसपालि उल्टै सकारात्मक योगदान आउँदा करअघिको नतिजामा करिब १ करोड ५३ लाख रुपैयाँको अनुकूल अन्तर परेको छ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा ११.७७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यसपालि ६.५९ प्रतिशतमा झरेको छ। अर्थात् खराब कर्जाको अनुपात ५.१८ प्रतिशत बिन्दुले घटेको छ। यद्यपि निष्क्रिय कर्जाको तुलनामा कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात पनि १०७.८३ प्रतिशतबाट घटेर ८४.६३ प्रतिशतमा आएको छ। त्यसैले खराब कर्जा घटेको तथ्यसँगै त्यसका लागि कायम गरिएको नोक्सानी व्यवस्थाको अवस्थालाई पनि हेर्नुपर्ने देखिन्छ।

Garima Development Bank
Bizshala
IME remit

५२ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४.६८ रुपैयाँ देखाएको छ। प्रतिसेयर नेटवर्थ १३४.८६ रुपैयाँ रहेको छ।

बैंकको वितरणयोग्य नाफा अझै २ करोड ९७ लाख ९७ हजार रुपैयाँ ऋणात्मक छ। आर्थिक वर्षको सुरुवातमा ३ करोड १४ लाख १९ हजार रुपैयाँ रहेको सञ्चित घाटा केही घटे पनि सकारात्मक हुन सकेको छैन। त्यसैले पहिलो त्रैमासको खुद नाफा बढेकै आधारमा लाभांश वितरणको आधार तयार भइसकेको देखिँदैन। बैंकको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ छ भने वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६८ पैसा रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.