आईतवार, कार्तिक १५,२०८३ 01:27:22
  • आईतवार, कार्तिक १५,२०८३ 01:27:22
Global IME Bank Limited

स्ट्यान्डर्ड चार्टर्डको खुद नाफामा गिरावट,आम्दानीमा समेत दबाब

Bizshala
स्ट्यान्डर्ड चार्टर्डको खुद नाफामा गिरावट,आम्दानीमा समेत दबाब
New Office

 

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको करअघिको नाफा बढे पनि आयकर खर्चमा भएको वृद्धिले खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज र शुल्क आम्दानीमा समेत दबाब देखिएको छ। ट्रेडिङ आम्दानीमा वृद्धि र कर्जा नोक्सानी व्यवस्थाको रिभर्सलले भने बैंकको सञ्चालन नाफा बढाउन सहयोग गरेका छन्।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६७ करोड १४ लाख ४४ हजार रुपैयाँ खुद नाफा भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा खुद नाफा २.९९ प्रतिशतले घटेको हो।

बैंकको करअघिको नाफा भने ८.६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा ९८ करोड ८८ लाख रुपैयाँ थियो। तर आयकर खर्च २९ करोड ६६ लाख रुपैयाँबाट ३५.७२ प्रतिशतले बढेर ४० करोड २६ लाख रुपैयाँ पुगेको छ। करअघिको नाफा करिब ८ करोड ५२ लाख रुपैयाँले बढ्दा कर खर्च करिब १० करोड ५९ लाख रुपैयाँले बढेकाले खुद नाफा घटेको देखिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मुख्य बैंकिङ कारोबारबाट हुने आम्दानीतर्फ खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यसपटक १ अर्ब २ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी पनि २५.७४ प्रतिशतले घटेर ३० करोड ९१ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४१ करोड ६३ लाख रुपैयाँ थियो।

ट्रेडिङतर्फ भने बैंकले उल्लेख्य सुधार गरेको छ। खुद ट्रेडिङ आम्दानी ५३.९६ प्रतिशतले बढेर २९ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १९ करोड १५ लाख रुपैयाँ थियो। यद्यपि ट्रेडिङको वृद्धिले ब्याज र शुल्क आम्दानीमा आएको कमी पूर्ण रूपमा पूर्ति गर्न नसक्दा कुल सञ्चालन आम्दानी २.८२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ कायम भएको छ।अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ४१ करोड ४६ लाख ८३ हजार रुपैयाँ थियो। यस आधारमा त्रैमासिक वितरणयोग्य नाफा ०.२७ प्रतिशतले बढेको छ।

अघिल्लो अवधिबाट सरेर आएको नाफासहित असोज मसान्तमा बैंकको कुल सञ्चित वितरणयोग्य रकम २ अर्ब २२ करोड ८२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो रकम २ अर्ब ४१ करोड १० लाख रुपैयाँ थियो। चालु त्रैमासको वितरणयोग्य कमाइ सामान्य बढे पनि सुरुमा सरेर आएको सञ्चित नाफा कम भएकाले कुल वितरणयोग्य मौज्दात भने वार्षिक तुलनामा ७.५८ प्रतिशतले घटेको हो।

Garima Development Bank
Bizshala
IME remit

व्यवसाय विस्तारतर्फ गत असार मसान्तको तुलनामा ग्राहकलाई दिएको कर्जाको खुद मौज्दात १.७० प्रतिशतले बढेर ६७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा निक्षेप १.१५ प्रतिशतले बढेर १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात भने अघिल्लो वर्षको पहिलो त्रैमासको ६५.१५ प्रतिशतबाट घटेर ४७.२१ प्रतिशत कायम भएको छ।

कर्जाको गुणस्तरतर्फ निष्क्रिय कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जाको तुलनामा कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात १५४.३८ प्रतिशतबाट घटेर १४२.५९ प्रतिशत कायम भएको छ। पुँजी पर्याप्तता अनुपात भने १८.६० प्रतिशतबाट बढेर १९.०१ प्रतिशत पुगेको छ।

बैंकको कोषको लागत २.८९ प्रतिशतबाट घटेर २.३७ प्रतिशतमा आएको छ। आधार दर पनि ४.२७ प्रतिशतबाट घटेर ३.९४ प्रतिशत कायम भएको छ। ब्याजदर अन्तर भने ३.६३ प्रतिशतबाट सामान्य बढेर ३.६८ प्रतिशत पुगेको छ।

१० अर्ब ४ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २७.५७ रुपैयाँबाट घटेर २६.७४ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ २३२.१० रुपैयाँ रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.