काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको इश्युअर रेटिङलाई इक्रा नेपालले नकारात्मक प्रभावसहित सूक्ष्म निगरानीमा राखेको छ।
इक्रा नेपाल लिमिटेडले कम्पनीलाई यसअघि प्रदान गरेको [ICRANP-IR] BBB- रेटिङलाई संशोधन गर्दै [ICRANP-IR] BBB-@ कायम गरेको हो। ‘@’ संकेतले कम्पनीको रेटिङलाई ‘Watch with Negative Implications’ अर्थात् प्रतिकूल प्रभावसहित निगरानीमा राखिएको जनाउँछ।
इक्राका अनुसार उक्त रेटिङ भएका संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यमस्तरको सुरक्षित मानिन्छ। यस्तो रेटिङ प्राप्त संस्थामा क्रेडिट जोखिमसमेत मध्यम रहने इक्राले जनाएको छ।
कम्पनीको आधारभूत रेटिङ ‘BBB-’ नै कायम रहे पनि त्यसमा ‘नेगेटिभ वाच’ थपिनुले आगामी अवधिमा कम्पनीको क्रेडिट प्रोफाइलमाथि दबाब पर्न सक्ने संकेत गरेको छ।
विशेषगरी रेटिङ एजेन्सीले कुनै कम्पनीलाई ‘Watch with Negative Implications’ मा राख्नु भविष्यमा रेटिङ घट्न सक्ने सम्भावनालाई नजिकबाट मूल्यांकन गरिरहेको अवस्थाका रूपमा हेरिन्छ।
इक्राले भने उक्त रेटिङ कम्पनीको समग्र क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र भएको र कुनै निश्चित ऋणपत्र वा वित्तीय उपकरणका लागि दिइएको रेटिङ नभएको स्पष्ट पारेको छ।
इक्राको रेटिङ संरचनाअनुसार ‘BBB-’ रेटिङ ‘BBB’ भन्दा एक तह तल पर्छ भने ‘BBB+’ एक तह माथि पर्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।