काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य ७२ अमेरिकी डलर अर्थात् १.८० प्रतिशतले बढेर प्रतिऔँस ३ हजार ९५० अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १.१० अमेरिकी डलर अर्थात् २.३० प्रतिशतले बढेर प्रतिऔँस ५०.४० अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ।
यसअघि एक वर्षयताकै न्यून विन्दुमा झरेको सुनको मूल्य तेलको भाउमा आएको गिरावटसँगै पुनः उकालो लागेको हो। तेलको मूल्य घट्दा मुद्रास्फीति बढ्ने चिन्ता कम भएको छ। अमेरिका र इरानबीच कूटनीतिक वार्तामा प्रगति हुने संकेत देखिएपछि तेलको मूल्य घटेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।