बुधबार, बैशाख २,२०८३ 06:47:26
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:47:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट आँखासम्बन्धी विशष्ट सेवाहरु उपलब्ध गराउने

Bizshala
अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट आँखासम्बन्धी विशष्ट सेवाहरु उपलब्ध गराउने
Shivam Cement

काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठान ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालले जेठ ६ गते आइतबारका दिनबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो ।  

नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान बिजुक्छे प्रमुख अतिथि रहेको कार्यक्रममा प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गका साथमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतीले एक साथ रिबन काटि सो भवनको उद्घाटन गरेका हुन् ।

एतिहासिक एवम् पुरातात्विक शहर भक्तपुर र त्यस वरपरका मानिसहरुको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै यस आँखा अस्पताललाई तयार गरिएको छ । करिब एक दशक देखी नै भक्तपुर नगरपालिकासँगको सहाकार्यमा सञ्चालनमा रहँदै आएको केन्द्र अहिले नयाँ भवनसँगै थप सुविधासम्पन्न र सशक्त अस्पतालको रुपमा स्तरोन्नती भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रममा डा. सन्दुक रुइतले भक्तपुरका हरेक नागरिकको पहँुचमा यस आँखा अस्पताल रहेको र कलाकृतिका कौशल शिलपकारहरको आँखा स्वास्थ्यमा आफु र संस्था प्रतिबद्ध रहेको जानकारी गराए ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान बिजुक्छेले सेवा दिने क्रममा सेवाग्राहिलाई प्राथमिकतामा राखी उत्कृष्ट सेवाग्राहि अनुभव प्रदान गर्न शुभकामना दिए ।

अस्पताल स्थानिय सरकार,  सिइङ इज बिलिभिङ, हिमालयन क्याटर्याक्ट प्रोजेक्टसँगको सहकार्यमा सञ्चालित छ । सेवा बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म उपलब्ध रहनेछ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.