बिहीबार, असार १८,२०८३ 08:59:08
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:59:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

Laxmi Sunrise Bank Limited
म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

काठमाण्डौ । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ । उक्त शुभ कार्यका लागि यांगुनस्थित वनारसी नेपाली विहारका ९ जना भिक्षुहरुलाई आमन्त्रण गरिएको थियो । 

कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका पदाधिकारीहरु, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यान्मार पर्यटन संघका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्षलगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

 कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै म्यान्मारका लागि नेपालका राजदूत महामहिम हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाउनु भएको आठ सत्य मार्गहरुका बारेमा प्रकाश पारेका थिए । यस दिन संसार भरिका बुद्ध धर्मालम्वीहरु तथा सम्पूर्ण शान्तिप्रेमी मानव जातिका लागि महत्वपूर्ण रहेको बताउँदै महामहिम घिमिरेले उपस्थित सबैलाई बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गरे ।

New Office
CG Motors
Garima Development Bank

बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसंख्या बुद्ध धर्मालम्वी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको विषयमा चर्चा गर्दै महामहिम घिमिरेले भगवान् गौतम बुद्धले २ पटक म्यान्मार भ्रमण गरेको तथा बुद्धका केही कपालहरु यांगुनको स्युडागन प्यागोडामा राखिएको र स्युडागन प्यागोडामा राखिएका शाक्यमुनि बुद्ध, क्रकुछन्द बुद्ध, तथा कनक मुनि बुद्धका तस्विरहरु नेपालबाट ल्याएर राखिएको बताए । कार्यक्रममा भिक्षुहरुले धर्मदेशना गर्नुका साथै  राजदूतावासबाट भिक्षुहरुलाई चिवर दान समेत गरिएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.