आईतवार, भाद्र २३,२०८१ 09:17:00
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:17:00
IME remit
Global IME Bank Limited

अस्तित्वमा रहेका ४४ मध्ये २६ सार्वजनिक संस्थान नाफामा, सञ्चालन आय ६.६१ खर्ब

Hyundai Nepal
अस्तित्वमा रहेका ४४ मध्ये २६ सार्वजनिक संस्थान नाफामा, सञ्चालन आय ६.६१ खर्ब
Nabil Bank Limited

काठमाण्डौ । अस्तित्वमा रहेका २६ वटा संस्थान नाफामा छन् । अर्थ मन्त्रालयले आइतबार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा यस्तो देखिएको हो । अर्थमन्त्री वर्षमान पुनले संसदमा पेश गरेको समीक्षा प्रतिवेदनअनुसार आव २०७९/८० सम्म १५ संस्थान नोक्सानीमा गएका छन् । कुल संस्थानमध्ये ३ वटा संस्थानको कारोबार शुन्य रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा भने सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा र १७ नोक्सानीमा थिए ।  

समीक्षा अनुसार संस्थानहरुको मुनाफा वृद्धि भएको छ । संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ३०४६.२० प्रतिशतले धेरै हो । यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममामा आव २०७८/७९ ३८ अर्ब ७० करोड घाटा रहेकोमा आव २०७९/८० मा ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहनु मुख्य कारण हो।  

संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ । सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ६ खर्ब ६१ अर्ब पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ८.३२ प्रतिशतले बढी हो । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानमा काम गर्ने जनशक्ति कुल ३२ हजार १८० जना रहेका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आर्थिक वर्ष २०७९/८० सम्मको कूल सञ्चितत नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा १६.६८ प्रतिशतले वृद्धि भई ६१ अर्ब १४ करोड ९६ लाख पुगेको छ। विगत वर्षहरूबाटै जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरूवाती अवस्थामा रहेको छ। घाटामा रहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाईट प्रालि र बुटवल धागो कारखाना लिमिटेड ले व्यावसायिक कारोबार गरेका छैनन् भने नेपाल रेल्वे कम्पनीले उद्देश्य अनुरूप व्यवसाय विस्तार गर्न सकेको छैन। व्यावसायिक कारोबार नभएपनि यी तीन कम्पनीको नियमित प्रशासनिक खर्च भइरहेकोले नोक्सानीमा छन्। आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१.४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चा‍लित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी २.८१ प्रतिशतले बढेको देखिन्छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३.७९ प्रतिशतले बढेको छ। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X