शुक्रबार, बैशाख १२,२०८२ 12:32:03
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 12:32:03
IME remit
Global IME Bank Limited

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

Hyundai Nepal
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर खरिदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ ।  

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ १५ गते  बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कम्पनीले चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्नेछ ।  

बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.