आईतवार, आश्विन २०,२०८१ 09:54:57
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 09:54:57
IME remit
Global IME Bank Limited

Seres-3 EV को ब्रेकिङमा गम्भीर समस्या, एमएडब्ल्यूबाट गाडी किनेका ग्राहकमाथि यो हदसम्मको फ्रड !

Hyundai Nepal
Seres-3 EV को ब्रेकिङमा गम्भीर समस्या, एमएडब्ल्यूबाट गाडी किनेका ग्राहकमाथि यो हदसम्मको फ्रड !
Nabil Bank Limited

काठमाण्डौ । झूठा कुराहरुको प्रचारप्रसार गरी डिपल इभी बिक्रीको नाममा ग्राहक ठगिरहेको एमएडब्ल्यू वृद्धि अटोकर्पले चाइनिज इभी ‘सेरेस ३’ मा समेत ग्राहकमाथि चरम ठगी र अन्याय गरेको फेला परेको छ ।  

विष्णुकुमार अग्रवालको कम्पनीले गत नाडा अटो शोमा निकै तामझामका साथ भृकुटीमण्डपमा सेरेस–३ मोडलको इभी कार नेपालमा पहिलोपटक लञ्च गरेको थियो । आकर्षक लुक्सका कारण यो गाडीमा ग्राहकहरुको आकर्षण थियो । यो क्रममा कम्पनीले अपेक्षाभन्दा बढी गाडी बिक्री गरे पनि त्यसपछि देखिएको समस्या र त्यसको समाधानमा गम्भीर नबनेको र गम्भीर समस्या रहेको गाडी भिडाएर ग्राहकमाथि ठगी गरेको भेटिएको हो । 

डिपलको इभीमा विष्णु अग्रवालको ठगीधन्दा, कम क्षमताका गाडी महङ्गोमा भिडाइँदै
 

Bizshala
Shivam Cement
CG Motors

काठमाण्डौको वनस्थलीका एक इलेक्ट्रोनिक्स व्यवसायी(अनुरोधमा पीडितको नाम गोप्य राखिएको)ले नाडा अटो शोमा बुक गरी त्यहाँ गरिएको अफरमूल्यभन्दा ३ लाख रुपैयाँ बढेर हालेर खरीद गरेको सेरेस–३ मा गम्भीर समस्या देखिएको हो ।  

विगत १५ वर्षदेखि चार पाङ्ग्रे सवारी साधन चढ्दै आएका ती ग्राहकले सेरेसको लुक्समा लोभिएर नाडा अटो शोको क्रममा गाडी बुक गरेका थिए । त्यसबेला ५० लाख रुपैयाँमै गाडी पाउने सहमति भएको थियो । तर, गाडी डेलिभरी गर्ने बेलामा बार्गेन गरेर कम्पनीले ५३ लाख तिराएको थियो । सेरेसको लुक्समा फिदा भएका ती व्यवसायी ‘कम्पनीले अहिले गाडी नलिएर लामो समयपछि नआउने’ बताएपछि ५० को ठाउँमा ५३ लाख रुपैयाँ तिर्न तयार भएका थिए ।

उनले पानीपोखरीस्थित सेरेसको डिलर एलआरआर मोटर्सबाट गाडी लिएका थिए । एलआरआर मोटर्सका सञ्चालक जीवन शाही हुन् ।  

गाडी लिएको भोलिपल्टै ब्रेकिङ सिस्टममा समस्या देखिएको थियो । गुडिरहेको गाडीमा ब्रेक हान्दा त्यसले काम गरेजस्तो हुने, तर वास्तवमा ब्रेक नै नलाग्ने गम्भीर समस्या देखिएको थियो । चार्जिङको क्रममा आफैं विण्डो तथा सनरुफहरु खुल्ने समस्या समेत त्यसमाथि थपिए ।  

‘तर गुडिरहेको कारमा ब्रेकले नै काम नगर्ने त निकै ठूलो र गम्भीर समस्या थियो । म यो समस्या लिएर कम्पनीमा पुगेँ । सुरुवातमा उहाँहरुले गाडी नै साटेर नयाँ दिने बचन दिनुभयो ।’ बिजशालासँग पीडित व्यवसायीले भने–‘यस्तै यस्तै भन्दै मलाई झुलाउने काम भयो । ब्रेकिङ सिस्टममा देखिएको समस्या समाधानका लागि गाडी लिएपछिका ३५ दिनमा म ३० दिनसम्म सोरुम र सर्भिस सेन्टर धाएँ, तर मेरो गाडीको समस्या समाधान भएन । सेरेसकै कारण मेरो बास नै सर्भिस सेन्टरमा हुन थाल्यो ।’  

३५ दिनसम्म दैनिकजसो धाएर समस्या समाधान गर्न खोज्दा समेत नभएपछि उनले पहिला गरिएको प्रतिबद्धताअनुसार गाडी नै चेञ्ज गरिदिन आग्रह गरे । तर, त्यसपछि कम्पनीका प्रतिनिधिहरुले अनेक बाहाना गर्दै ‘सामान्य समस्या हो, बनाइदिन्छौं वा यस्तै यस्तै भनेर आफ्नो पूर्व प्रतिबद्धता भूले ।  

पटक–पटक धाएपछि ब्रेकिङ सिस्टम बनेको भन्दै सर्भिस सेन्टरले उनलाई गाडी घर लैजान भन्यो । ‘त्यसको भोलिपल्ट रातको समयमा गाडीमा अब समस्या आउँदैन भनिएका कारण म पोखराको यात्रामा निस्किएँ ।’ पीडित ती व्यवसायीले भने–‘तर गाडी गुड्न थालेको केही समयपछिदेखि नै ब्रेक लागेजस्तो फिल हुने, तर ब्रेक नै नलाग्ने पुरानै समस्या दोहोरियो । त्यो रातभर म १३ घण्टा समय लगाएर २५–३० को स्पीडमा बल्लतल्ल पोखरा पुग्नुपर्ने अवस्था बन्यो ।’  

पोखराबाट फर्किएपछि उनी पुनः सर्भिस सेन्टर पुगे । सेरेसको नेपालका लागि आधिकारिक बिक्रेताका प्रतिनिधिहरुलाई भेटे । तर सबैले टार्ने र झुलाउनेबाहेक कुनै सहयोग गरेनन् ।  

निकै कडा रुपमा प्रस्तुत भएपछि एकदिन सोरुमका एक प्रतिनिधिले एमएडब्ल्यूका सञ्चालक विष्णु अग्रवालसँग उनको टेलिफोनमा कुरा गराए । सो क्रममा अग्रवालले आफ्ना प्रतिनिधिलाई गाडीको समस्या समाधान गरिदिन, टायर लगायतका पार्टपूर्जा फेरिदिन निर्देशन दिए । तर, समस्या ज्यूँका त्यूँ नै रह्यो ।  

त्यसपछि उनले गाडीमा के समस्या भएको हो, त्यो आफूलाई लेखेर दिन आग्रह गरे । कम्पनीले लिखित रुपमा गाडीको समस्याको विषयमा दिन तयार भएन । ‘लिखित रुपमा दिँदा तपाईले कतै उजुरी गर्नुभयो भने हामीलाई गाह्रो पर्छ’ भन्दै उहाँहरुले दिन अस्वीकार गर्नुभयो ।  

तर, उनले गाडी मर्मत गर्न लग्ने गरेको सर्भिस सेन्टरको सिस्टममा भने सेरेसमा देखिएको गम्भीर समस्याको विषय उल्लेख गरिएको छ । प्रतिघण्टा ५० किलोमिटरभन्दा माथिको स्पीडमा पुगेपछि गाडीको ब्रेकिङ सिस्टमले काम नगर्ने गरेको सर्भिस सेन्टरको सिस्टममा उल्लेख गरिएको छ । हेर्नुहोस् सर्भिस सेन्टरमा सो गाडीको विषयमा राखिएको रेकर्ड:

पछिल्लो समय काठमाण्डौका सहज सडकहरुमा समेत ब्रेकको समस्या दोहोरिरहेको पीडित व्यवसायी बताउँछन् । ‘गाडी कतिबेला कहाँ र केमा गएर ठोक्किने हो भन्ने पीर बोकेर हिँड्नुपर्ने अवस्था बन्यो ।’ उनले बिजशालासँग भने–‘हिँड्दा हिडँ्दै ब्रेक लागिरहेको हुन्छ, त्यसपछि एउटा आवाज आउँछ, त्यसपछि त गाडीको ब्रेकले नै काम गर्दैन । जुनबेला जे पनि हुनसक्ने अवस्था बन्यो ।’  

आफूजस्तै अन्यले सेरेसमा चार्जिङको समस्या समेत भोगेको सुनाउने गरेका, तर आफूले त्यो समस्या भने भोग्नु नपरेको उनी प्रष्ट्याउँछन् ।  

‘मलाई इभी गाडीको नाममा ठगी गरिएपछि मैले ४–५ जना मेरै साथीहरुले लिने मन गरेको भए पनि सेरेस नकिन्न भनेँ ।’ उनले थपे–‘मैले मेरो समस्याको विषयमा फेसबुकमा बनेका इभी ग्रुपहरुमा पनि पटक–पटक पोस्ट गरेको छु । तर, मेरो कुरा कसैले सुनेन । ममाथि ठगी भयो ।’  

अहिले भरसक उनी गाडी बाहिर निकाल्दैनन् । निकालिहाले २०–२५ भन्दा बढीको स्पीडमा कुदाउने आँट आउँदैन । ‘अहिले मेरा लागि सेरेसको यो इभी निल्नु न ओकल्नु भएको छ ।’ उनले भने–‘ममाथि भएको अन्यायको विषयमा राज्यका निकायहरुले पनि सुनिदिनुपर्छ । मलाई  न्याय चाहियो ।’

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.