शुक्रबार, श्रावण २२,२०८३ 08:48:24
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 08:48:24
Bizshala
Global IME Bank Limited

पोल्ट्रीमा साझेदारी गर्न निम्बस र केबी एग्रोबीच सम्झौता,उद्योगीका साथै कुखुरापालक किसान र उपभोक्ता लाभान्वित हुने

पोल्ट्रीमा साझेदारी गर्न निम्बस र केबी एग्रोबीच सम्झौता,उद्योगीका साथै कुखुरापालक किसान र उपभोक्ता लाभान्वित हुने
New Office

काठमाण्डौ । धादिङको धुनिबेसीमा रहेको पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न केबी एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । 

सोको लागि मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र केबी एग्रोका अध्यक्ष केशवराज थापाले सेयर खरिदबिक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । केबी एग्रोका अध्यक्ष थापा नेपाल पेलेट फिड र जानुका ह्याचरीका सञ्चालक समेत हुन् ।  

यो सहकार्यबाट साझेदारीमा संलग्न उद्योगी मात्र नभएर कुखुरापालक किसान र उपभोक्ता समेत लाभान्वित हुने अपेक्षा गरिएको छ । साझेदारीअन्तर्गत गुणस्तरीय दाना आपूर्ति, मासु र अण्डा उत्पादन तथा बजार व्यवस्थापन मासुको हकमा‘शक्ति मिट’ र अन्य परिकारको हकमा ‘इट फस्र्ट’को नामले हुनेछ । केबी एग्रोसँगको सहकार्यसँगै निम्बस पोल्ट्रीजन्य कारोबारमा प्रवेश गरेको छ ।  

कुखरा उत्पादन, सही मूल्यमा गुणस्तरीय दानाको उपलब्धता र बजारमा उचित मूल्यमा उच्च गुणस्तरको पोल्ट्रीजन्य वस्तुको उपलब्धता सुनिश्चित गर्न दुई समूहले साझेदारी गरेको सम्झौता पछि केबी एग्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

केबी एग्रोले धादिङको धुनिबेसीमा दैनिक ३२ हजार पन्छी प्रशोधन गर्न सक्ने क्षमताको अत्याधुनिक प्रोसेसिङ उद्योग सञ्चालन गरिरहेको छ । पूर्ण स्वचालित उक्त प्रोसेसिङ हाउसको ब्लास्ट फ्रिजिङ क्षमता २४ मेट्रिक टन र फ्रिजिङ क्षमता ५०० मेट्रिक टन रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.