शनिबार, असार १४,२०८२ 07:02:42
  • शनिबार, असार १४,२०८२ 07:02:42
Global IME Bank Limited

पोर्शको पहिलो ईभी एसयुभी कार लञ्च, यस्ता छन् आकर्षक फिचर्स

Hyundai Nepal
पोर्शको पहिलो ईभी एसयुभी कार लञ्च, यस्ता छन् आकर्षक फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । जर्मन अटो निर्माता कम्पनी पोर्शले विश्वबजारमा आफ्नो पहिलो ईभी एसयुभी कार लञ्च गरेको छ । लक्जरी कार निर्माणका लागि चिरपरिचित पोर्शले यो कारलाई ट्रिम्स म्याकन ४ तथा नयाँ म्याकन टर्बोमा पेश गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याकन ४ भेरियन्टको मूल्य सार्वजनिक गरिएको छैन । कार लञ्च भएसँगे बुकिङ पनि  सुरु गरिएको छ र यसको डेलिभरी भने आगामी जुलाई पछि हुने जनाइएको छ ।  

म्याकन ईभी ८०० भोल्ट आर्किटेक्चरका साथ बिल्कुलै नयाँ प्रिमियम प्लेटफर्म इलेक्ट्रिक(पीपीई) आर्किटेक्चरमा आधारित छ । यो प्लेटफर्मलाई क्युसिक्स ई–ट्रनका लागि अडीका साथ विकास गरिएको छ । यसमा पीपीई आर्किटेक्चरका साथै चेसिस,ब्याट्री र पावर इलेक्ट्रिोनिक्सका मुख्य भागहरु प्रदान गरिएको छ ।  

अब आउने तयारीमा रहेको केयेन पनि पीपीई प्लेटफर्ममा आधारित छ ।  

कारमा डाईमेन्सनको कुरा गर्ने हो भने न्यू इलेक्ट्रिक म्याकन वर्तमानको पेट्रोल मोडलको तुलनामा १०३ एमएम लामो,१५ एमएम चौडा र २ एमएम कम उचाई छ । यसको लम्बाई ४हजार ७८४ एमएम,चौडाई १ हजार ९३८ एमएम र उचाई १ हजार ६२२ एमएम छ ।  

कारको पांग्रा २ हजार ८९३ एमएम छ । जसले यसलाई पेट्रोल मोडलको तुलनामा ८६ एमएम लामो बनाएको छ । लुक्सको आधारमा यो कार पेट्रोल मोडलको जस्तै देखिन्छ ।  

कारमा स्पेशल ४ –प्वाइन्ट डे–टाइम रनिङ लाइ्रट(डीआरएलएस) उपलब्ध हुनेछ । स्प्लिट हेडलाइट डिजाइनका कारण फ्रन्ट बम्परलाई थोरै तल गरिएको छ । यसमा फ्रेमलेस ढोका र एउटा कनेक्टेड एलईडी टेल लाइट छ ।  

कारमा एउटा मूवेवल स्पाइलर दिइएको छ । जसको सहायताले भिन्न–भिन्न चरणमा डाउनफोर्स बढाउन सकिन्छ । रियरमा ५४० लिटरको बूट स्पेस र फ्रन्टमा बोनटको तल ८४ लिटरको फ्रंक लगेज कम्पार्टमेन्ट दिइएको छ ।  

म्याकनको भित्री डिजाइन कम्पनीको वर्तमान मोडल केयेनबाट लिइएको छ । यसमा तीनवटा डिजिटल डिस्प्ले प्राप्त हुनेछ ।  

ईभी म्याकन फोर ह्वील ड्राइभ अप्सनका साथ उपलब्ध हुनेछ । यसको दुवै एक्सलमा सिंगल–स्पीड गियरबक्सका साथ डुअल परमानेन्ट सिंक्रोनस मोटर लगाइएको छ । जसले कारमा ४०८ एचपीको पावर र ६५० एनएमको टार्क जेनेरेट गर्नेछ ।  

यो भेरियन्टले केवल ५.२ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको रफ्तार लिन सक्छ ।  

त्यस्तै,म्याकन टर्बो भेरियन्टमा ६३९ एचपी पावर र ११३० एनएम टार्क उपलब्ध हुनेछ । जसले केवल ३.३ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको रफ्तार लिन सक्छ । कारको उच्च रफ्तार २२० माइल प्रतिघण्टा रहेको छ ।  

कम्पनीका अनुसार कारमा १०० किलोवाटको ब्याट्री प्याक दिइएको छ । जसलाई फुल चार्ज गर्दा म्याकन फोर भेरियन्टमा ५९१ किमी डब्लुएलटीपी सर्टिफाइड रेञ्ज प्राप्त हुनेछ । ब्याट्री प्याकलाई २७० किलोवाटको डीसी फास्र्ट चार्जिङ सपोट दिइएको छ । यसले कारलाई २१ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.