काठमाण्डौ । यो साता सेयर बजारका लगानीकर्ताका लागि सुखद रहने सकेन । यो साता समग्रमा नेप्से परिसूचकमा ६१.६९ अंकको गिरावट आयो । तर बजार घटेतापनि केहि कम्पनीका लगानीकर्ताले भने बजारबाट आर्जन गर्न सफल भएका छन् ।
यो साता दोस्रो बजारमा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाए । यो कम्पनीका लगानीकर्ताहरुले २३.४५ प्रतिशत कमाएका छन् । अपर लोहोरे खोलाका लगानीकर्ताहरुले पनि यो एक साताको अवधिमा करिब २० प्रतिशत आर्जन गरेका छन् ।
यस्तै यनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताहरुले १९.१० प्रतिशत , नारायणी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले १७.३८ प्रतिशत , भगवती हाईड्रोका लगानीकर्ताहरुले १६.९६ प्रतिशत , सुपर मोदि हाइड्रो लिमिटेडका लगानीकर्ताहरुले १०.६५ प्रतिशत , सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ २ का लगानीकर्ताहरुले ९.५१ प्रतिशत , मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले ९.२१ प्रतिशत , सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले ९.२१ प्रतिशत र नेपाल फाइनान्सका लगानीकर्ताहरुले साढे ८ प्रतिशत आम्दानी आर्जन गरेका छन् ।